www.nirajanbista.com

नमस्कार, म (निराजन बिष्ट/प्रदिप)

मैले मेरो किशोरावस्थादेखि पछिल्लो ६ वर्ष सामाजिक र राजनीतिक अभियानमार्फत सङ्घर्ष गरिर हेँकाे छु। अध्ययनका हिसाबले म Social Work मा मास्टर  गर्दै छु। मैले Sociology / integrate of social work/ methods of social work तिन विषयमा स्नातकोत्तर गरि रहेकाे छु। पेसाले म विद्यार्थी हु।

विगत दुई दशकका राजनीतिक उथलपुथललाई नजिकबाट नियाल्दै गर्दा, आफ्नै अगाडि बारम्बार राजनीतिक परिवर्तन भएको देखियो, तर नागरिकको अवस्था परिवर्तन भएको महसुस गर्न सकिएन। लोकतन्त्रको नाउँमा नेताहरूले लुटतन्त्र मचाइ नै रहेका छन्।

हामी युवाहरूले जागरुक हुन यक दम आवस्यक छ ...।

"युवा भनेकाे यस्ताे  हुनु पर्छ"

मेराे बिचारमा....🙏

युवा भन्ने बित्तिकै हामी सबैको मन मस्तिष्कले करिब १८ वर्षदेखि ४० वर्षको एक स्वस्थ बलियो अनि केही गर्न सक्न्छु भन्ने आट गरेको व्यक्ति हो भन्ने बुझ्छौं । 

तर म यो कुरालाई अलि फरकबाट हेर्ने गर्छु किन कि युवा सृजनशिल हो। युवा परिवर्तनकारी हो। युवा सकारात्मक सोचको भण्डार हो। त्यसैले मैले के भन्छु भने युवा अब उमेरले होइन।  सिर्जनात्मक कलाले मान्छेलाई युवा बनाउन्छ। कुनैपनि राष्ट्र या समाजको विकासमा युवा पिँढीको चेतनाको विकास कति छ त्यसैमा ,भर पर्छ।


युवाहरुको आचरण, उनीहरुको विचार, सोच्ने तरिका, कार्यशैली, उच्च शिक्षा हासिल आदि कुराले युवाहरुको विकाससँगै देशको विकास पनि त्यसैमा भर पर्दछ। तर के युवाहरु नयाँ उर्जा र सृजनशीलताका साथ अगाडी बढिरहेका छन् त ? आजका युवाहरु केवल आफ्नो निजि स्वार्थ र सुख दुःखको बारेमा मात्र सोच्न थालेका छन्। 



इत्यादि क्षेत्रहरुमा युवाको पहुँचतालाई बढाउनु जरुरी छ। 

‘उद्धेश्य के लिनु उडी छुनु चन्द्र एक’ भनेझैँ हरेक युवाले आफूभित्र रहेको साथै खोज, रुचि, चाहना क्षमता अनि दक्षता अनुसारको लक्ष्य लिन आवश्यक छ। लक्ष्य लिँदा हरेक युवा एक ठाउँमा जम्मा भई राष्ट्रको अवस्था के कस्तो छ त भनेर विचार  राख्न आवश्यक छ।

तर यहाँ त युवाको प्रयोगभन्दा बेप्रयोग बढी छ। जतिबेलै उही युवाको प्रयोग गरेपनि सो अनुसारको लगानी युवाकेन्द्रीत नहुँदा दैनिक विदेशिने युवाको संख्याले डाँडो कटाइसकेको छ। 

तर उनैले विदेशमा कमाएर पठाएको पैसामा रजाइँ छ देशमा तर उनीहरूप्रतिको नीति र कार्यक्रमहरू अहिलेसम्म पनि कमै छ। मतलब राज्य युवा मैत्री अझै बन्न सकेको छैन, त्यसैले अब युवाले राज्यले गरेका हरेक कदमको निगरानी र लेखाजोखा राख्न जरुरी छ।



मैले युवा उमेर हुनेहरुलाई मात्र दाज्न खोजिरहेको छैन, युवा एक सोच हो, उर्जा हो, एक अदम्य साहस हो ।  उमेर जति भएपनि अगाडि बढिरहने एक अदभूत क्षमता हामिलेले राख्नु पर्दछ | तपाइँको उमेर २५ वर्ष छ त्यसैले तपाइँ युवा हो यस भ्रममा नपर्नु होला ।

तपाइँको सोच्ने तरिका, तपाईँका धारणा कति जीवित र बैज्ञानिक छन्, पुराना रुढीवादी रिवाज फाल्ने र अरुलाई परिवर्तन गर्ने साहस कति छ त्यसमा तपाईको युवकत्व मूल्यांकन हुन्छ । तर ठीक उल्टो हाम्रो देशमा मान्छेहरु जन्मदै बुढो जन्मन्छन गलामा जनै झुन्डाएर गायत्री मन्त्र जपे झैँ सदियौ देखिको हामीमाथि दिएको सामन्ति संस्कारलाई जस्ताको  त्यस्तै एक समान  जस्तो भएर घेरामा एर अहिलेका युवाहरु शक्ति केन्द्रको पछाडि दौडिरहेका छन् । लगाम लगाएका घोडा जस्तो आफ्नो वुद्धि र विवेकलाई तिलान्जली दिएर सीमित घेरामा  बसेका लठैतहरु युवा हुन् सक्दैनन्




संविधान बन्नु भन्दा पहिलाको क्षेण एक पटक तपाइँ हामि सबै फर्केर हेरौ त ! बढ्दो कालो बजारी,बढ्दो लोडसेडिङ,घुसखोरी र भ्रष्टाचारीको बिगबिगी,इन्धनको बढ्दो अभाव,भूकम्पको विनाश सबै कुरा नेपालि जनता किन सहेर बसे त भन्दा नया संबिधान औला र हाम्रो देश बन्ने , अरुको भर पर्ने छैन, देश शान्तिको बाटोमा हिड्नेछ, नेपालिले आफ्नो श्रम बेच्न बिदेशिनु पर्ने छैन, नया उधोग धन्दा खुल्नेछन, देशमा नै रोजगारीको अवसर खुल्नेछ आदि-आदि कुरा पुरा हुन्छन त्यो प्रसव पिडा सहेर बसेका थियौ |अहिले हाम्रो देश विकास,समृदि र सुशानको मार्ग चित्र कोरेर अगाडी बढ्ने प्रक्रियामा छ । यसका लागि देशमा युवाहरुको खाचो र ठुलो भूमिका रहेको हुन्छ । अब राज्यले युवा आकर्षण  बढाउने खालका विकास र समृदिका आधार दिनुपर्छ । राज्यले अब आर्थिक विकास र प्रगतिका लागि कृषि,प्रयटन र जलस्रोत नै विकास प्रमुख आधार हुन् र यी क्षेत्रहरुमा राज्यले  प्रयाप्त मात्रामा लगानी गर्नु पर्छ ।

युवाहरु देश विकासका लागि बलिदान दिन र उत्पादनमा खटिन तयार छन । तर राज्यले युवा जनशक्तिको भावनालाई समेट्नु जरुरि छ र विकासका लागि  राज्यले युवा जनशक्तिलाई परिचालन गर्नु पर्छ । अन्तयमा एउटा चर्चित भनाइ बाट लेखको बिट मार्न चाहन्छु “देशले मलाइ के दियो भन्दापनि मैले देशलाई के दिए” भन्ने कुरा आत्मसात गर्दै  सम्पूर्ण आफ्नो अमुल्य जीवन देश र दुनियाका लागि समर्पण गर्ने युवाले गर्नु पर्दछ । राज्य सत्ता संचालन गरेकाले पनि नागरिकको संरक्षण,बृदि विकासका लागि अभिभावकत्वको भूमिका खेल्नु पर्दछ ।

विगतमा हामी के थियौ भन्ने  चिन्ता होइन,भविष्यको चिन्तन मनन गर्न थाल्नु पर्दछ अनि बर्तमानमा असल कार्यको शुरवातगरे मात्र सम्भव हुन्छ समृद राष्ट्र खुसि नेपालीको सपना |अहिलेका युवा हामी राजनीतिमा लागेका लिडरहरुलाई नकारात्मक टिपणी मात्र गर्दछौ र आफु जिम्मेवारीबाट पन्छन खोज्छौ तर यो उल्टो भैरहेको छ |एउटा भनाइ छ नि “जब हामि कुनै कुरा सिक्न शुरु गर्छौ तब हामि जित्न सुरु गर्छौ”राजनीतिमा पनि युवाहरुको उत्तिकै महत्वपूर्ण संलग्नता आवस्यक छ र त्यो भित्र छिरेपछि मात्र हामि आफ्ना एजेण्डाहरुराष्ट्रिय राजनीतिमा प्रवेश गराउन सक्छौ ।





























































Comments

Popular posts from this blog

जाेरायल गाउँपालिका गड्सेरा वडा न ५ देउवान मन्दिरमा रुख खसेर ठुलाे क्षेति